२५ कार्तिक २०७८, बिहीबार

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै चर्किएको न्यायालयभित्रको आन्दोलन झन उग्र बन्दै गएको छ ।

आज सर्वोच्च परिसरमै विरोध वकिलहरुले प्रदर्शन गरिरहँदा प्रहरीले हस्तक्षेप समेत गरेपछि स्थिति झन् चर्किएको छ । यसै क्रममा नेपाल बार एसोसिएसनले भोलि शुक्रबार सर्वोच्च अदालतका सबै बेन्च (इजलास) बहिस्कार गर्ने घोषणा गरेको छ ।

सर्वोच्च अदालतका अधिकांश न्यायाधीश, कानुन व्यवसायी र बार एसोसिएसन प्रन्या जबराको राजीनामा माग्दै आन्दोलनमा छन् ।

शुक्रबार सर्वोच्चका सबै इजलास बहिस्कार गर्ने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आजको विरोध सभामा जानकारी गराएका छन् । उनले भ्रष्टाचार, अनियमितता सबैको नाइके प्रधानन्यायाधीश भएको अब राजीनामा नदिए पदच्युत गर्नुपर्ने आफूहरूको माग रहेको समेत बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV