२५ कार्तिक २०७८, बिहीबार

एजेन्सी । न्यूजील्यान्डका प्रधानमन्त्री जसिन्डा आर्डर्न बुधबार फेसबुक लाइभमार्फत सम्बोधन गर्दै थिइन् ।
उनको सम्बोधनको मूल विषय थियो, कोरोनाभाइरस महामारी रोक्ने प्रतिबन्धात्मक उपायहरु ।

उनी लाइभमा बोल्दैपनि थिइन् । तर उनको सम्बोधनमा एक्कासी अबरोध भयो, कारण थियो, उनी सम्बोधन गर्दै गर्दा उनकी तीनवर्षे छोरीले बोलाउँदा बोलाईन् । त्यसपछि उनको सम्बोधन केही समय रोकिन पुगेको थियो ।

त्यसपछि उनले छोरी सुतिसकेकी होलिन् र कुनै बाधा नहोला भन्ठानेर आफूले फेसबुक लाइभ गरेको भन्दै क्षमा मागेकी थिइन् । त्यसपछि उनी उनी छोरी सुताउन गएकी थिइन् । प्रधानमन्त्री बनिसकेपछि जसिन्डा आर्डर्नले बच्चा जन्माएकी थिइन् ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्

LIVE TV