
- महेश्वर के.सी.
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै कानुन व्यसायीहरुले आज पनि विरोध प्रदर्शन गरेका छन् । सर्वोच्च अदालत परिसरमा भएको उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
सर्वोच्च अदालतको गेटमै धर्ना दिइरहेका कानुन व्यवसायीलाई प्रहरीले हटाउन खोजेपछि दुवै पक्षबीच झडपको स्थिति देखिएको थियो । सो क्रममा नेपाल बार एसोसियसनका महासचिव लीलामणि पौडेल सामान्य घाइते भएक जनाइएको छ ।
प्रहरीले हस्तक्षेप गरेपछि विरोध उग्र बनेको छ । अहिले सर्वोच्च परिसरमै उनीहरूले प्रधानन्यायाधीश र प्रहरीविरुद्ध नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरुले भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे, प्रहरी हस्तक्षेप बन्द गर लगायत नारा लगाएका छन् ।
यस्तै नेपाल बार एसाेसिएसनले आज पनि कालाे ब्यानरसहित प्रधानन्यायाधीश विरूद्ध प्रदर्शन जारी राखेकाे छ ।