
एजेन्सी । अमेरिकामा जीवनयापनको लागतमा ठूलो उछाल आएको छ।
खाद्यान्न तथा इन्धनको मूल्य वृद्धिका कारण यो वृद्धि विगत तीन दशकयताकै उच्च विन्दुमा पुगेको हो ।
अक्टोबरको उपभोक्ता मूल्य सूचकांकमा यो जानकारी दिइएको हो । पछिल्लो १२ महिनामा ६ दशमलव २ प्रतिशतको दरले भाउ बढेको बताइएको छ । सेप्टेम्बर महिनामा मूल्य वृद्धि दर ५.४ प्रतिशत थियो।
कोरोना महामारीको प्रभाव कायमै रहेकाले यस वर्ष मुद्रास्फीति पसल र नीति निर्माताका लागि चिन्ताको विषय बनेको छ ।
यहाँ खाद्यान्न र इन्धनको मूल्य बाहेक ४.६ प्रतिशतको दरले मूल्य वृद्धि भइरहेको छ ।