२४ कार्तिक २०७८, बुधबार
  • बाल बिक्रम कार्की,

रौतहट । नेकपा (एमाले)का नेता एवम् पूर्व मन्त्री प्रभु साहले कुनै समय तराई–मधेशको एउटा निश्चित भूगोल र समुदायबाट सुरु भएको छठ पर्वले राष्ट्रिय पर्वको आकार लिएकोमा खुसी व्यक्त गरेका छन् ।

छठ पर्वको अवसरमा आज रौतहट जिल्लाका विभिन्न छठ घाट भ्रमण गर्ने क्रममा नेता साहले पवित्र महापर्व छठ पछिल्लो समय देश, दुनियाभरमा फैलिएको भन्दै खुसी व्यक्त गरेका हुन् ।

त्यस्तै यो पर्वले समाज र मुलकमा व्याप्त सबै खाले विकार एवम् कुतत्वहरुको सफाई भई सकरात्मक उर्जा प्रदान गरोस् भन्ने कामना गरे । उनले छठ पर्वले सबै जात–जाती, वर्ण, भाषा, धर्म–संस्कृति, सम्प्रदाय र भूगोल बीचमा आपसी सद्भाव, सौहार्दता, मेलमिलाप, एकता एवम् उत्साहमा अभिवृद्धि गर्दै देशले चाँडै सही एवम् सार्थक दिशामा काँचुली फेरोस् भन्ने शुभेच्छा समेत प्रकट गरे ।

‘छठ पर्व अब कुनै निश्चित भूगोल र जातीमा मात्र सीमित रहेन’, उनले भने, ‘अब यो सबैको साझा पर्व बनेको छ । यसले हिमाल, पहाड र तराईलाई जोडेर आपसी सद्भाव जोड्न सफल भएको छ ।’

नेता साहले जिल्लाको गरूड़ा नगरपालिकाको गरूड़ा टोल, महमदपुर, लक्ष्मीपुर–अमरपट्टी, शिवनगर, पोठियाही तथा देवाही गोनाही नगरपालिकाको धरहरी, गोनाही, उचिडिह लगायतका छठ घाटहरूमा पुगी ब्रतालु तथा भक्तजनहरुसँग प्रत्यक्ष रुपमा भेटेर छठको शुभकामना आदानप्रदान गरेका थिए ।

कुनै समय तराईवासी तथा मधेशी समुदायले मात्र मनाउने छठ पर्व अहिले आएर पहाडी समुदायले पनि उत्तिकै उत्साह पूर्वक मनाउन थालेका छन् । तराई तथा मधेशका क्षेत्रमा मात्र मनाइने यो पर्व हाल पर्व अहिले राजधानी, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै आएको छ ।

मधेसी समुदायको पर्व भनेर चिनेने छठ पर्वमा विगत केही वर्षदेखि पहाडी समुदायको पनि सक्रिय सहभागिता देखिन थालेको छ । मधेसी–पहाडी समुदायका ब्रतालुहरुले संयुक्त रुपमा छठघाटमा बसेर छठको ब्रत बसेको र पुजा गरेको दृश्य हिजोआज प्रशस्तै देखि थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV