२४ कार्तिक २०७८, बुधबार

काठमाडौं । छठ पर्वको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले काठमाडौंको कुपण्डोलस्थित बागमती किनारमा पुगी छठी माईको दर्शन गर्नुभएको छ ।

बुधबार अपरान्ह प्रधानमन्त्री देउवा बागमती किनारमा पुगेर सार्वसाधारणका साथ नै छठी माईको दर्शन गर्नुभएको हो । सो क्रममा प्रधानमन्त्री देउवाले छठ पर्वका अवसरमा शुभकामना दिनुभयो ।

उहाँले छठ पर्व सवै नेपालीमा सुख शान्तिको कामना गर्नुभयो । त्यस्तै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, ऊर्जा मन्त्री पम्फा भूसाल लगाएत पनि कुपण्डोलस्थित बागमती किनारमा पुगेर छठी माईको दर्शन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV