२४ कार्तिक २०७८, बुधबार
  • रामगोपाल तमखु,

भक्तपुर । भक्तपुरको कमलविनाय पोखरीमा पनि अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर हर्षोल्लासका साथ छठ पर्व मनाइएको छ । त्यस्तै भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरी छठ पर्व सम्पन्न गरिन्छ ।

भक्तपुरलाई कर्मथलो बनाएर बसेका तराईबासीहरुले प्रत्येक वर्ष कमलविनायक पोखरीमा छठ पर्वको आयोजना गर्दै आएका छन् ।

विगतमा पोखरीको उत्तर पट्टि गर्ने गरिन्थ्यो भने यो वर्ष पोखरीको दक्षिण पट्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV