२४ कार्तिक २०७८, बुधबार

एजेन्सी । भारतीय क्रिकेटर विराट कोहली र फिल्म स्टार अनुष्का शर्माकी छोरीलाई धम्की दिने व्यक्तिलाई मुम्बई प्रहरीको साइबर सेलले पक्राउ गरेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार मुम्बईको साइबर सेलले उनलाई हैदराबादबाट पक्राउ गरेको हो ।

टि–२० विश्वकपमा भारत पाकिस्तानसँग पराजित भएपछि विराट कोहलीकी छोरीलाई उनले नै बलात्कार गर्ने धम्की दिएको मुम्बई प्रहरीले जनाएको छ ।

पक्राउ परेका २३ वर्षीय युवकको नाम रामनागेश श्रीनिवास अकुथिनी रहेको छ । यो व्यक्ति हैदराबादका सफ्टवेयर इन्जिनियर भएको बताइएको छ। साइबर प्रहरीले उनलाई पक्राउ गरी मुम्बई लैजाँदैछ।

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डसंग भारतको लगातार दुई पराजयपछि ट्वीटर एकाउन्टबाट यो धम्की दिइएको हो ।

यस सम्बन्धमा दिल्ली महिला आयोग पनि सक्रिय थियो र यस धम्कीको बारेमा दिल्ली पुलिसको साइबर सेलसंग जानकारी मागेको थियो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV