२४ कार्तिक २०७८, बुधबार

भक्तपुर । नेवाः पत्रकार राष्ट्रिय दबू ख्वप कच्चाको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूको केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचर्यले नेवाः पत्रकारहरुको हकहितको लगि स्थापना गरिएको दबूले नेवा पत्रकारहरुको क्षमता अभिबृद्धिका तालिमहरु आवश्यक भएको बताउँदै यस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले दबूले मातृभाषा पत्रकारितामा बिषेश कार्यक्रमहरु गर्दै आएको पनि जानकारी दिए । कार्यक्रममा भक्तपुर शाखाको नेपल सम्वत ११४२ को क्यालेन्डर विमोचन गर्दै भक्तपुर शाखाले एउटा नमूनाको काम गरेको पनि उनले बताए ।

त्यस्तै उनले पत्रकार रत्न श्रेष्ठले उनका आमा बुवाको नाममा नगद रु. १० हजारसहितको स्व.हरिलाल श्रीलक्ष्मी स्मृति नेवाः पत्रकारिता पुरस्कारको स्थापना गरेकाले नेवाः पत्रकारहरुलाई उत्साह प्रदान गर्ने राम्रो कामको शुरुवात भएको बताए ।

त्यस्तै कार्यक्रममा पत्रकार महासंघसँग आबद्ध नभएका नेवाः पत्रकारहरुलाई आवश्यक सहयोगको लागि स्थपना गरिएको कल्यानकारी कोषमा करिब रु २० लाख रुषौयाँ जम्मा भइसकेको पनि जानकारी गराइएको छ ।

कार्यक्रममा उपस्थित दबूका देन्द्रीय सचिव केके मानन्धरले नेवाः पत्रकारहरु धेरै भएतापनि मुख्य–मुख्य ठाउँमा पुग्न नसकेको र सञ्चार क्षेत्रको अग्रभागमा बसेर काम गर्न नसकेको बताए । नेवाः पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि विभिन्न कार्यक्रमहरुको आवश्यकता देखिएको उनले बताए ।

कार्यक्रमका सभापति दबू भक्तपुर शाखाका अध्यक्ष राम गोपाल तमखुले आफ्नो दुई वर्षको कार्यकालमा पहिलो वर्ष सोचे अनुसारको केही काम गरेतापनि दोस्रो वर्ष कोभिडका कारण केही गर्न नसकेको बताए । साथै अब नेवाः पत्रकारहरुको क्षमता अभिबृद्धिको लागि बिभिन्न तालिमहरु गर्दै जाने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV