
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतबीच भेटवार्ता भएको छ ।
बुधबार भारतमा दुईबीच भेटसँगै द्वीपक्षीय रक्षा सहयोग मजबुत बनाउनेबारे कुराकानी भएको छ ।
प्रधानसेनापछि शर्मा अहिले भारतको चार दिवसीय भ्रमणमा रहेका छन् । भ्रमणकै क्रममा बुधबार प्रधानसेनापति शर्माले भारतको मानार्थ सेनाध्यक्षको पदवी ग्रहण गरेका छन् ।
प्रधानसेनापति शर्मा भारत भ्रमण सकेर यही कात्तिक २६ गते स्वदेश फर्कंदैछन् ।