२४ कार्तिक २०७८, बुधबार

काठमाडौं । नेपालले बीकेएसपी फ्रेण्डसिप टी २० सिरिज जितेको छ ।

विश्वकपको एशिया छनोटको तयारीका लागि नेपाली टिम बंगलादेशको ढाका गएको नेपाली राष्ट्रिय महिला टिमले बंगबन्धु बीकेएसपी फ्रेण्डसिप टी २० सिरिज जितेको हो ।

नेपाली टिमले ३ म्याचको सरिज २–१ ले जितेको छ । टिमले पहिलो खेलमा २४ रनले जीत हात पारेको थियो । टिमले दोस्रो खेलमा भने ५ विकेटले पराजित भएको थियो ।

बुधबार भएको अन्तिम खेलमा बीकेएसपीलाई ७ विकेटले पराजित गर्दै सिरिज २–१ ले नेपाली टिम विजयी भएको छ।

पहिला ब्याटिङ गरेको बीकेएसपीले १६.५ ओभरमा सवै विकेट गुमाएर ५३ रन मात्रै जोड्यो। बोयनाले १७ रनको नटआउट पार्यो ।

नेपालका लागि रुविना क्षेत्रीले ३ ओभर बलिङ गर्दा ६ रन खर्चेर ४ विकेट हात पारिन् । करुण भण्डारीले २ विकेट लिँदा कविता कुँवर र सिता मगरको नाममा एक एक विकेट रह्यो ।

५४ रनको लक्ष्य नेपाली टिमले ३ विकेट गुमाएर १४ ओभरमा पूरा गर्यो ।नेपाललाई जिताउन कविता जोशी १४ र सरिता मगर १३ रनमा नटआउट रहे ।

यसैगरी काजल श्रेष्ठले १० रन बनाउँदा सिता रानामगर र इन्दू बर्माले पाँच – पाँच रनको योगदान गरे ।

बिकेएसपीका लागि रबिया खातुनले २ विकेट हात पारिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV