२४ कार्तिक २०७८, बुधबार
  • तारा आचार्य,

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई विदाई गरेका छन् । बुधबार प्रदेश १ सरकारले आयोजना गरेको विदाई कार्यक्रममा प्रमुख अधिकारी प्यासीले करिब दुुई वर्ष प्रदेश प्रमुख भएर विदाइ भएकोमा गर्व रहेको बताए ।

उनले आफू यस प्रदेशको प्रमुख भएर आएपछि सबै क्षेत्रसँग आप्mनो सम्बन्ध सुमधुर रहेको बताए । प्रमुख अधिकारी प्यासीले राजनीतिक भनेको उतार–चढावको एउटा उपज भएकाले कहिले को आउने, कहिले को आउने, भइररहने हुुनाले यसमा आफूलाई कुनै दुुःख नलागेको बताए ।

उनले आगामी दिनमा सरकारमा बसेर सरकार चलाउने सवैलाई शुुभकामना दिएका छन् । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश प्रमुख प्यासी संविधानलाई कार्यान्वयन गर्ने र लोकतन्त्रलाई सुदृढ गर्ने सम्बन्धमा मार्गदर्शन गरेको तथा अभिभावकत्व प्रदान गरेकोमा सम्पूर्ण प्रदेशबासी आभारी भएको बताए ।

उनले प्रदेश प्रमुख प्यासी जस्तो नेता पाउदा आफूले गर्व गरेको धारणा राखे । पछिल्लो ४ वर्षमा प्रदेश १ मा ३ जना प्रदेश प्रमुखहरु फेरिएका छन् । प्रदेश १ मा प्यासी पदमुक्त भएपछि नयाँ प्रदेश प्रमुखको रुपमा जनता समाजवादी पाटीको कोटाबाट परशुराम आपङु नियुुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV