२४ कार्तिक २०७८, बुधबार

काठमाडौं । मलद्वारमा सुन लुकाएर ल्याउने एक विदेशी नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

बुधबार बिहान दुबईबाट फ्लाई दुबईको विमानबाट काठमाडौं आएका भारतीय नागरिक महोम्मद जुहेबलाई अवैध सुनसहित प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले जुहेबको साथबाट आधा किलो (५४५ ग्राम) सुन लुकाएर ल्याएको फेला पारेको जनाएको छ । उनको गतिविधि शंकास्पद देखेपछि नियन्त्रणमा लिएर चेकजाँचपश्चात् आधा किलो सुन भेटिएको थियो।

प्रहरीका अनुसार हिँड्दै गरेका जुहेबको अवस्था शंकास्पद थियो । उनले मलद्वारमा सुन लुकाएर ल्याएको थाहा भएपछि चिया बिस्कुट खुवाइयो अनि दिसा गर्न लगाएर सुन निकालिएको थियो ।

उनीबारे अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV