२४ कार्तिक २०७८, बुधबार

एजेन्सी । यमनमा एक अभिनेत्री तथा मोडललाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । विद्रोहीहरूले उनलाई अभद्र व्यवहार गरेको आरोप लगाएका छन्।

२० वर्षीया इन्तिसार–अल–हम्मादीले फेब्रुअरीमा हिरासतमा लिएपछि आफूलाई मौखिक र शारीरिक दुव्र्यवहार गरेको र आँखामा पट्टी बाँधेर हस्ताक्षर गर्न बाध्य पारिएको आरोप लगाएकी छन्।

उनीसंगै थप तीन जना महिला पक्राउ परेका छन् । उनीहरुलाई पनि जेल सजाय दिइएको छ । मानवअधिकार संगठन ह्युमन राइट्स वाचले यस विषयमा धेरै अनियमितता भएको बताएको छ ।

यमनको उत्तरपश्चिमी भागमा हुथी विद्रोहीको नियन्त्रणमा छ । उनले सन् २०१५ देखि सरकार समर्थक सेनाविरुद्ध लडाइँ लडेका छन् ।

एक हुथी समाचार एजेन्सीले हम्मादीलाई यमनको राजधानी सानामा उनीमाथि लगाइएको आरोपमा दोषी ठहर गरिएको लेखेको छ। यसमा अभद्र व्यवहार र लागूऔषध ओसारपसारको आरोप समावेश छ।

एजेन्सीका अनुसार उनी र अर्की एक महिलालाई पाँच वर्षको जेल सजाय सुनाइएको छ। अन्य दुईमध्ये एकलाई तीन र अर्की महिलालाई एक वर्ष कैद सजाय सुनाइएको छ ।

चार महिलाका वकिल खालिद अल–कमालले एपी समाचार एजेन्सीलाई भने कि उनीहरू फैसलाविरुद्ध अपील गर्नेछन्। ह्युमन राइट्स वाचका अनुसन्धानकर्ता अफ्रा नासिरले यो सजाय अनुचित र राजनीतिक रूपमा प्रेरित भएको ट्वीट गरेका छन्।

यमनका सूचना मन्त्री मोअमनार अलइरानीले यो घटना हुथी विद्रोहीद्वारा महिलाविरुद्ध हुने हजारौं अपराधको उदाहरण भएको लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV