२४ कार्तिक २०७८, बुधबार
  • ज्योति कुमार पन्थी,

बर्दिया । बर्दियाको गुलरियामा गणेशमान सिंहको शालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका संघीय सांसद सञ्जय कुमार गौतमको पहलमा संसद बिकास कोसबाट निर्माण गरिएको गणेशमानको शालिक बुधवार अनावरण गरिएको हो ।

निष्ठा, त्याग र साहसका प्रतिमूर्ति, जन–आन्दोलनका कमाण्डर, प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा गणेशमान सिंहको १०७ औँ जन्मजयन्तीको अवसरमा बर्दियाको गुलरिया बजार जिप्रका चोकमा निर्माण गरिएको शालिकको अनावरण गरिएको हो ।

पूर्व उप–प्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंहले शालिक अनावरण गरेका हुन् । शालिक अनावरण गर्नकै लागि सिंह बुधबार बर्दिया पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV