२४ कार्तिक २०७८, बुधबार

धादिङ । धादिङमा दुई वटा बस एकआपासमा ठोक्किँदा ३५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार कालुपाण्डे मार्ग अन्तर्गत नीलकण्ठ नगरपालिका ८ ससाह नजिकै बुधवार दुई बस ठोक्किएर दुर्घटना हुँदा ३५ जना घाइते भएका हुन् ।

ना ७ ख ५८२८ नम्बरको काठमाडौंबाट धादिङबेसी हुँदै फुलखर्क आउँदै गरेको बस र धादिङबेसीबाट चितवन जाँदै गरेको ना ५ ख ३२३५ नम्बरको बस दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको धादिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका दुई जनालाई काठमाडौंको ट्रमा सेन्टरमा थप उपचारका लागि रेफर गरिएको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV