२४ कार्तिक २०७८, बुधबार

एजेन्सी । बलिउड सुपस्टार सलमान खानले विक्की कौशल र कटरिना कैफको विवाहलाई मध्यनजर गर्दै चलचित्र ‘टाइगर ३’को छायाँकन स्थगित गरेका छन् ।

चलचित्र ‘टाइगर ३’ चलचित्रमा कटरिनाले सलमानको अपोजिटमा अभिनय गर्दैछिन् । सलमानले ‘टाइगर ३’को छायाँकन जनवरीका लागि ‘रि–सेड्युल’ गरेका छन् ।

विक्की र कटरिनाले धुमाधामसँग विवाहको तयारी गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो जोडीले डिसेम्बरमा विवाह गर्न लागेका छन् । उनीहरुले राजस्थानको एक प्यालेस बुक गरेको जनाइएको छ । उनीहरु विवाहको तयारीमा व्यस्त छन् । अहिले दुबै जनाले कामबाट ब्रेक लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV