
एजेन्सी । अमेरिकामा लिलामीमा राखिएको एपलको सुरुवाती कम्प्युटरले ४ लाख डलर पाएको छ ।
एपल कम्पनीका संस्थापकहरू स्टिभ वोजनियाक र स्टिभ जब्सले सन् १९७६ मा बनाएको एउटा सुरुवाती कम्प्युटरले लिलामीका बेला अमेरिकामा ४ लाख डलर पाएको हो।
कम्प्युटर दुर्लभ हवाइअन कोओबाट बनेको काठे बक्सा भएको एपल –१ ले अझै काम गरिरहेको छ र त्यो सुरुमा निर्माण गरेर बेचिएको २०० वटामध्ये एक हो।
सुरुमा त्यसलाई एक जना कलेजका प्राध्यापकले चलाए र पछि उनले आफ्ना विद्यार्थीलाई त्यो ६५० अमेरिकी डलरमा बेचेको बीबीसीमा उल्लेख छ ।
उक्त विक्रीमा प्रयोगका लागि सहायता सामग्री र दुईवटा क्यासेट टेपमा एपलका सफ्टवेअर संलग्न रहेको जनाइएको छ।