२४ कार्तिक २०७८, बुधबार

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित हुनु भएको छ ।

भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा शर्मा मंगलबार बिहान दिल्ली जानुभएको थियो । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गरेका हुन् ।

प्रधानसेनापति शर्माले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायत उच्च अधिकारीहरुसँग भेट्ने कार्यक्रम छ । हिजो (मंगलबार) उहाँले भारतका सेनाध्यक्ष नरवणेलाई भेट्नु भएको थियो ।

प्रधानसेनापति शर्माको प्रतिनिधिमण्डलमा सेनाको युद्धकार्य तथा व्यवस्था महानिर्देशक (डिजिएमओ) उपरथी निर्मलकुमार थापा, सैनिक सहायक चोक ढकाल, दिल्लीस्थित सैनिक सहचारी आरसी खत्रीलगायत छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV