२४ कार्तिक २०७८, बुधबार
  • विकास पौडेल

चितवन । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले गैरजिम्मेवार नेतृत्वको कारण देशमा राजनीतिक उथलपुथल भएकोे बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीप्रति इंगित गर्दै मन्त्री खनालले नेतृत्व गलत हुँदा दुईतिहाई टिक्न नसकेको दावी गरे । चितवनको रत्ननगरमा अविरल बहुउदेश्यीय सहकारी संस्थाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खनालले घरको मुली बेठीक हुँदा घर बिग्रेको जसरी राजनीतिक नेतृत्व बेठीक हुँदा देश अस्थितरतर्फ जाने बताए ।

दुईतिहाई आउदा राजनीतिक स्थिरता हुने जनताको आशा राजनीतिक नेतृत्वको कारण धुमिल भएको उनले बताए । त्यस्तै, मन्त्री खनालले गठबन्धन कमजोर भएको हल्ला गलत भएको बताए छन् । उनले गठबन्धन कमजोर हुन्छ भन्ने दिवा सपना नदेख्न प्रतिपक्षी दललाई आग्रह गरे । उनले एक हप्ताभित्रै बागमती प्रदेशमा सरकार विस्तार हुने दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV