२४ कार्तिक २०७८, बुधबार
  • भगतराम थारु

नेपालगन्ज । बर्दिया जिल्लाको ठूलो तालको रुपमा परिचित बढैया तालको आफ्नै पहिचान र रौनकता रहेको छ । हरेक वर्ष यहाँ पिकनिक खाने, घुम्नेको भिड लाग्ने गर्दछ । हरेक बर्वमा पिकनिक खानेको उत्तिकै भिड लाग्ने गर्दछ ।

तिहारमा देउसी भैली खेलेको पैसाले पिकनिक खाना आउनेको भिडभाड बढेको छ । पर्यटकको रोजाईमा बढैयाताल यतिबेला दैनिक हजारौको संख्यामा पिकनिक खान मानिसको भिड लाग्ने गर्दछ ।

देउसी भैली खेलेको रकमले बढैयाताल पिकनिक स्थलमा मान्छेको भिडले खेतमै पिकनिक स्थल बनाई भिड लाग्ने गरिएको पिकनिक खाना आएका स्थानिय शम्भुप्रसाद थारुले बताउनुभयो । चारैतिर बाजाको स्वरले रौनक उत्तिकै थियो ।

नेपालगन्ज देखि करिव २० किलोमिटर टाढा रहेको बढैया तालमा तिहार लगत्तै पिकनिक खानेको भरिभराउ हुने गर्दछ । पिकनिक खान आउने विभिन्न समुदायका मानिसहरु बढैया ताल पुग्ने गर्दछन् । हरेक टिमले आ–आफ्नै तरिकाले बाजागाजा तथा भेषभुषामा सजिएर आएका हुन्छन । हरेक बर्ष यहाँ मेला जस्तै पिकनिक खाना आउनेको भिड देख्न सकिने शम्भु थारुले बताउनुभयो ।

यतिवेला पिकनिक खाना आउनेको त्यस दिनको रौनक नै बेग्लै हुने गर्दछ । थारु समुदाय तथा बर्दियाको बढैया गाउँपालिका स्थित रहेको बढैया ताल बर्दियाकै ठूलो ताल हो । बर्दियालाई चिनाउन बढैया तालको महत्व पनि फरक रहेको छ । बढैया तालको विशेषता नै बढैया तालको अवलोकन र त्यहाँको माछा रहेका छन् । माछाका स्वाद लिन बर्दिया, दाङ, सुर्खेत, कर्णाली क्षेत्र लगायतका विभिन्न जिल्लाका मानिस बढैया ताल पुग्ने गर्दछन् ।

बढैया तालमा माछा, कछुवा, चराचुरुङगी तथा वातावरणीय मनमोहक दृष्य भएको बढैया ताल पर्यटकको लागि महत्वपूर्ण स्थलको रुपमा परिचित छ । बढैया तालमा माछा, कछुवा, चराचुरुङगी तथा वातावरणीय मनमोहक दृष्य भएको बढैया ताल पर्यटकको लागि महत्वपूर्ण स्थलकोरुपमा परिचित रहेको बढैयाताल संरक्षण समितिका अध्यक्ष ठाकुर सिंह थारुले बताउनुहुन्छ ।

देउसी भैलीको रकमले यहाँको स्थानिय बर्षेनी पर्यटकिय क्षेत्र बढैयातालमा पुग्ने गर्दछन् । दैनिक पिकनिक खाना आउनेको भिड हुन्छ । हरेक पिकनिक टिमसंग समितिले ५ सयको दरले सरसफाई खर्च भनेर लिने गरेको छ । पिकनिक स्पोर्टमा खाना पकाउने स्थल, पानीको व्यवस्था, चर्पीको व्यवस्था, डुङगा चढ्ने सुविधा, विजुलीको सुविधा समेत रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV