२४ कार्तिक २०७८, बुधबार
  • राजन परियार

सिन्धुली । सिन्धुलीमा आज बिहान ११ बजेबाट राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । कमलामाई नगरपालिकाले बालउद्यान पार्कमा निर्माण गरेको बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक एमाले महासचिव ईश्वर पोखरेलले अनावरण गर्ने तयारी भएपछि विवाद चुलिएको थियो ।

उक्त विषयमा सत्ता गठबन्धन दलका कार्यकर्ता र नेकपा (एमाले)का कार्यकर्ताबीचको विवाद उत्कर्षमा पुगेपछि जिल्ला प्रशासन कार्यलय सिन्धुलीले निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक सुचना जारी गर्दै राति १२ बजेसम्मका कुनैपनि गतिविधी नगर्न सुचना जारी गरेको छ ।

जिल्लाको कमलमाई नगरपालिकाको स्टलबजार, जुनारचोक, बस पार्क, ग्याङलोला पुल र हस्पिटल क्षेत्रभित्र शान्ति सुरक्षाको मध्यनजर गरि जिल्ला सुरक्षा समिति सिन्धुली र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ (क) अनुसार उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरिएको सुचनामा जनाइएको छ ।

निषेधाज्ञाकाे समयमा शान्ति सुरक्षामा खलल पुरयाउने कुनै किसिमको सभा समारोह तथा जुलुस नगर्न र नगराउन प्रशासनले आग्रह गरेको छ । यदी त्यस्ता कार्य गरे कानुन अनुसार कारवाही गरिने पनि सुचनामा जनाइको छ ।

LIVE TV