
- तारा आचार्य
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले साढे ३ किलोमिटर लामो दण्डवत प्रणाम पूजा गरेका छन् ।
विराटनगर महानगर, मुलुक सहित विश्वलाई नै कोरोनामुक्त गराउन छठी माता संग कामना गर्दै मेयर पराजुलीले दण्डवत प्रणाम पूजा गरेका हुन् ।
विराटनगरको राधाकृृष्ण शिवपंचायन मन्दिरबाट करिब साढे ३ किलोमीटर घस्रिएर दण्डवत पूजा गर्दै परोपकारघाट सम्म पुगेर छठी माता संगसो कामना गरेका हुन् ।
दिउसो करिव साढे ११ बजे देखि सडकमा लम्पसार पर्दै करिब साढे ५ घण्टा लगाएर सिगिंया खोला सम्म पुग्ने गरेका छन् ।
विगत १८ वर्ष देखि छठ पर्वको दिन यसरी दण्डवत पूजा गर्दै आएका मेयर भीम पराजुलीले विगतमा आफ्नो परिवार र आफन्तको सुख शान्ति र समृद्धिको कामना गर्दै पूजा गर्दै आएका थिए । उनले यसपटक कोरोना मुक्तीको कामना गरेको बताएका छन् ।