२४ कार्तिक २०७८, बुधबार

एजेन्सी । अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भर्चुअल मिटिङ हुने भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच अर्को साता हुने भएको छ । विदेशी समाचार संस्था रोयटर्सका अनुसार दुई समकक्षीबीच जतिसक्यो चाँडो दुई नेताबीच कुराकानी हुने समाचारमा उल्लेख गरेको छ।

अमेरिकी राष्ट्रपति कार्यालय र वासिङ्टनस्थित चिनियाँ दूतावासले भने दुई नेताबीच कहिले कुराकानी हुन लागेको हो भन्नेबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

यसअघि दुबै पक्ष सन् २०२१ सकिनुअघि नै दुई राष्ट्र प्रमुखबीच कुरा हुनु पर्नेमा भने सहमत भएका थिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV