२४ कार्तिक २०७८, बुधबार

काठमाडौँ । फुटवेयर बिजनेस एक्स्पो हुने भएको छ । कार्तिक २६ देखि मंसिर १३ गते सम्म प्रदर्शनिमार्गस्थित भृकुटीमण्डपमा जुत्ता चप्पल व्यापार मेला हुन लागेको हो ।

‘फुटवेयर बिजनेश एक्सपो–२०२१’ नामाकरण गरेर एशोसियसनले कार्तिक २६ देखि मंसिर १३ सम्म मेला आयोजना गर्न आएको हो । मेलामा ३० कम्पनीका १ सय बढी स्टल रहने मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिएका छन् ।

उनका अनुसार मेलामा नयाँ तथा पूराना ब्राण्डका जुत्ता चप्पलमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुनेछ ।

दैनिक ७ हजार ५ सय जोर जुत्ता बिक्रि हुने र मेला अवधि भरमा २ करोड बढीको कारोबार गर्ने लक्ष्य एशोसियसनको छ । एशोसियसनले मेलाकै लागि भनेर ५० लाख बढी लगानी गर्ने जनाएको छ । भृकुटीमण्डपमा मेला आयोजना गर्न एशोसियसनले समाजकल्याण परिषदलाई दैनिक ६० हजार रुपैयाँ तिर्नेछ ।

मेलामा स्टल राखेवापत कम्पनीहरुले छुट्टै शुल्क तिर्नु नपरेपनि खर्च भाग लगाएर ३० कम्पनीले व्यहोर्ने संयोजक उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV