२४ कार्तिक २०७८, बुधबार
  • राजन परियार

सिन्धुली । सिन्धुलीका सत्तारुढ गठबन्धनका दलले कमलामाई नगरपालिका अगाडि रहेको बालउद्यानमा तालाबन्दी गरेका छन् ।

कमलामाई नगरपालिकाले बालउद्यान पार्कमा रहेको बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक एमाले महासचिव ईश्वर पोखरेलबाट बुधबार अनावरण गर्ने तयारी गरेपछि सत्तारुढ गठबन्धन पक्ष र प्रमुख प्रतिपक्ष दल एमाले बीच विवाद सुरू भएको थियो।

सर्वदलीय सहमतिबिनै नगरपालिकाले सालिक अनावरण गर्न खोजेको भन्दै सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेका नेता कार्यकर्ताबीच बिबाद भएपछि सो कार्यक्रम स्थगित गरिएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा भएको सर्वदलिय बैठमा तत्कालका लागि कार्यक्रम स्थगित गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष राजन दाहालले जानकारी दिए ।

सालिक अनावरण र सिन्धुलीगढी विजयउत्सवलाई एमालेले आफ्नो पार्टी कार्यक्रम जस्तो बनाएको भन्दै जिल्लाका सत्तारूण दलले मंगलबार देखि विरोध गर्दै आएका थियो ।

उक्त सहमतिसङ्गै सिन्धुलीमा दुबै पक्षविच हुने सम्भावित झडप टरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV