२४ कार्तिक २०७८, बुधबार

एजेन्सी । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसफजाईले विवाह गरेकी छन् । २४ वर्षीया मलालाले मंगलबार ट्विटरमार्फत विवाह गरेको जानकारी दिएकी हुन् ।

‘आज मेरो जीवनमा एक महत्वपूर्ण दिन हो’, उनले लेखेकी छन्, ‘असर र मैले जीवन साथी हुन लगनगाँठो कस्यौं । हामीले बिर्मिङघमको घरमा परिवारसँग सानो निकाह (मुस्लिम विवाह) समारोहको उत्सव मनायौं । कृपया हामीलाई तपाईहरूको प्राथना पठाउनुहोस् । हामी अगाडिको यात्रा सँगसँगै गर्न उत्साहित छौं ।’

इस्लाम धर्मको बारेमा तालिबानको व्याख्याप्रति अथक विरोध गर्दै आएकी बालिका शिक्षाको अभियान्ता मलाला युसफजाईलाई विद्यालयबाट घर फर्कदै गर्दा पाकिस्तानको स्वात उपत्यकामा तालिबानले गोली प्रहार गरेको थियो । उनी सन् २०१४ मा भारतका अधिकारवादी कैलाश सत्यार्थीसँगै नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV