२४ कार्तिक २०७८, बुधबार

तेह्रथुम । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानिप्रसाद खापुङले गृहजिल्ला तेह्रथुमको स्वास्थ्य संस्थाको सुधारमा चासो राख्नुभएको छ । जिल्लाबासिको स्वास्थ्य अवस्थाको बारेमा चासो भएको भन्दै उहाँले स्वास्थ्य सस्थाको सुधारका लागि पहल गर्ने बताउनु भएको छ।

स्वास्थ्य राज्यमन्त्री हुनुभएपछि पहिलो पटक आफ्नो गृह जिल्ला पुग्नु भएका मन्त्री खापुङले जिल्ला भ्रमणको समापनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै जिल्लाको स्वास्थ्य संस्थाको सुधारका लागि पहल गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

जिल्लाका ६ वटै स्थानीयतहमा आयोजित भेटघाट कार्यक्रममा नागरिकहरुले राख्नुभएको मागहरुको सुची तयार गरि क्रमश पूरा गर्दै जाने समेत प्रतिबद्धता जाहेर गर्नु भएको छ।

जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीहरुको अभाब भएको भन्ने जानकारी पाएकोले कर्मचारी व्यवस्थापनका लागि आफू लागि पर्ने बताउनु भएको छ। यस्तै विभिन्न स्थानीयतहमा एम्बुलेन्सहरु सहित भिडियो एक्सरे लगायतका सामाग्रीहरु समेत माग भएकोले मन्त्रालय पुग्ने बितिक्कै यसबारे छलफल गरि व्यवस्थापन गर्ने बताउनु भएको छ ।

स्वास्थ्य राज्यमन्त्री खापुङ गृह जिल्ला भ्रमणका लागि आउँदा जिल्लाबासीहरुले विभिन्न स्थानमा नौमतिबाजा र च्याब्रुङसहित भब्य स्वागत गरिएको थियो।

गृहजिल्ला तेह्रथुम हुँदै पाँचथर इलाम झापाका अस्पताल हुँदै उहाँ काठमाडौं फर्किने तयारी रहेकाे मन्त्री खापुङका प्रेस सल्लाहकार भगिश्वर लिम्बुले बताउनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV