२३ कार्तिक २०७८, मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बढी कर्जा प्रवाह हुँदा तरलता अभाव भएको बताएका छन् । नेपाल बैंकर्स सङ्घको ३५औँ साधारणसभामा गभर्नर अधिकारीले आर्थिक वर्षको सुरुमै सोचेअनुरुप रेमिट्यान्स नआउनु, आयात बढेर बाह्य क्षेत्रमा दबाब परेको र सरकारी खर्च बेलैमा नहुँदा तरलतामा चाप परेको बताए ।

उनले अर्थतन्त्रको पुनःरूत्थान चाँडो हुन ऋण विस्तार सहयोगी भएकाले पनि अभाव भएको उल्लेख गर्दै संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्न आग्रह गरे । उनले नाफा मात्र खोज्ने प्रवृत्ति हुँदा ऋण विस्तार भएको भन्दै बैंकरमा अनुशासन कायम हुन जरुरी भएको बताए ।

उनले कोभिडको असहज अवस्थामा पनि बैंकले अर्थतन्त्र र वित्तीय क्षेत्र जोगाउन महत्वपूर्ण योगदान गरेको उल्लेख गरे । अर्थविद् डा शङ्कर शर्माले बैंकिङ क्षेत्र संवेदनशील क्षेत्र भएकाले यसको व्यवस्थापन र सञ्चालनमा विशेष ध्यान दिन आग्रह गरे ।

उनले वाणिज्य बैंकको सेवालाई प्रतिस्पर्धी र प्रविधिमैत्री बनाएर उपभोक्ताको सेवालाई सहज बनाउन अनुरोध गरे । सङ्घका निवर्तमान अध्यक्ष भुवन दाहाल र वर्तमान अध्यक्ष अनिल उपाध्ययायले बैंकमा २० प्रतिशतभन्दा बढी सम्पत्ति रिजर्भ रहेकाले अहिले नै तरलता अभावमा अत्तिनुपर्ने अवस्था नभएको बताए ।

बैंकर्स सङ्घको अध्यक्षमा अनिल उपाध्याय चयन

नेपाल बैंकर्स सङ्घको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत रुपमा चयन भएका छन् । सङ्घको ३५औँ साधारणसभामार्फत आज नयाँ कार्यसमिति औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।

उपाध्याय कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । सानिमा विकास बैंकका सीईओ भुवनकुमार दाहाल निवर्तमान अध्यक्ष भएका छन् ।

सङ्घको उपाध्यक्षमा एनएमबी बैंकका सीईओ सुनिक केसी सर्वसम्मतरुपमा चयन भएका छन् । सङ्घको सदस्यमा लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाह, मेघा बैंकका सीईओ अनुफमा खुञ्जेली, नेपाल एसबीआई बैंकका सीईओ दीपककुमार देव, नेपाल बैंक लिमिटेडका सीईओ कृष्ण अधिकारी, एनआइसी एसियाका सीईओ रोशन न्यौपाने, माछापुच्छ्रे« बैंकका सीईओ सन्तोष कोइराला र सन्राइज बैंकका सीईओ सुमन शर्मा चयन भएका छन् ।

सल्लाहकारमा अनिल केशरी शाह, अशोक शमशेर राणा र ज्ञानेन्द्र ढुङ्गाना चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV