२३ कार्तिक २०७८, मंगलवार

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं संघीय सांसद दुर्गा पौडेलले अहिलेको सत्तारुढ गठबन्धन आगामी चुनावसम्म कायम रहने बताएकी छन् ।

मंगलबार पौडेलले विज्ञप्तिमार्फत् प्रतिपक्ष दल नेकपा एमालेको गतिविधिले देश अधिनायकवादतिर उन्मुख भएको र गठबन्धनलाई आगामी चुनावसम्म कायम राख्नुपर्ने भनिएको छ ।

सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा उपस्थित भएकी पौडेलले उपनिर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा पनि मिलेर जानेमा सहमति भएको बताएकी छन् ।

राष्ट्रिय आवश्यकताअनुसार अन्य पक्षहरुसँग सहकार्य गर्दै आएको जनमोर्चाले पाँच दलीय सहमतिलाई पनि इमान्दारितापूर्वक कार्यान्वय गर्ने सांसद पौडेलले भनेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV