२३ कार्तिक २०७८, मंगलवार

काठमाडौं । नेपालका डा. प्रणय शमशेर राणा सिनियर बोसरम्यान युनेस्कोको पहिलो आजीवन फेलोसीपबाट सम्मानित भएका छन् । संयुक्त राष्ट्र सङ्घ विश्वविद्यालयसँग आबद्ध बोसरम्यान द्वन्द्व समाधान केन्द्र (सेन्टर फर कन्फिल्क्ट रिजोलुसन)ले डा.राणालाई आजीवन फेलोसीप प्रदान गरेको हो ।

यसअघि निश्चित समयका लागि सिननियर बोसरम्यान युनेस्को फेलोसीप प्रदान गर्दै आएको केन्द्रले पहिलो पटक आजीवन फेलोसीप प्रदान गरेको हो । लामो समयसम्म द्वन्द्व एवं यससम्बन्धी शिक्षा, जनस्वास्थ्यका क्षेत्रमा सशक्तीकरण, खोज, अनुसन्धान एवं उल्लेख्य काम गर्दै विज्ञता हासिल गरेका व्यक्तिहरूलाई अमेरिकाको सालिसबरी विश्वविद्यालयमा रहेको बोसरम्यान द्वन्द्व समाधान केन्द्रले सिनियर बोसरम्यान युनेस्को फेलोसीप प्रदान गर्नेगर्छ ।

केन्द्रले विभिन्न आबद्ध निकायबाट आएको सिफारिसपछिको मूल्याङ्कनका आधारमा निमन्त्रणामार्फत प्रदान गर्ने बोसरम्यान फेलोसीप पाउनका लागि आवेदन दिन सकिँदैन । बोसरम्यान युनेस्कोको आजीवन अर्थात् स्थायी फेलोसीप पाउने पहिलो व्यक्ति नै नेपालका डा. राणा बनेका हुन् ।

यो फेलोसीप पाउनेहरूले संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को)को मुख्यालय पेरिसमा गएर विभिन्न किसिमका काम एवं अध्ययन, अनुसन्धानका साथै सम्मेलनमा सहभागी हुन पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV