२३ कार्तिक २०७८, मंगलवार

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवाणेबीच भेटवार्ता भएको छ । मंगलबार (आज) नयाँ दिल्लीस्थित भारतको सैनिक मुख्यालयमा शर्मा र नरवाणेबीच भेटवार्ता भएको हो ।

सोही अवसरमा दुई देशबीचको सैन्य सम्बन्ध सुदृढ बनाउनेबारे कुराकानी भएको बताइएको छ ।

सेनापति शर्मा र नरवाणेले एकापसमा मायाको चीनो आदान–प्रदान गरेका थिए । शर्मालाई साउथ ब्लकमा गार्ड अफ अनर दिइएको छ ।शर्मालाई साउथ ब्लकमा गार्ड अफ अनर दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV