२३ कार्तिक २०७८, मंगलवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ३ प्रदेश प्रमुखलाई पदमुक्त गरेर नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको निर्णयअनुसार सिफारिस भएर आएबमोजिम राष्ट्रपति भण्डारीले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हु्न् ।

राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका प्रमुख, गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गरेको उल्लेख गरिएको छ ।

तीन प्रदेशका प्रमुखलाई पदमुक्त गरेर राष्ट्रपतिले प्रदेश १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशी नियुक्त गरेकी छन् ।

नयाँ नियुक्त भएका तीनै प्रदेश प्रमुखहरुलाई संविधानको धारा १६३ को उपधारा २ बमोजिम नियुक्त गरिएको विज्ञप्तिमा भनिएको छ ।

 

LIVE TV