२३ कार्तिक २०७८, मंगलवार

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राणा भ्रष्टाचार गर्छन् भनेर नबोली नहुने दिन आएको बताएका छन् ।

मंगलबार संवैधानिक कानुन व्यवसायी मञ्चद्वारा आयोजित ‘न्यायपालिकाको वर्तमान संकट एवं निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा बौल्दै अब सिधै ‘प्रधानन्यायाधीश भ्रष्टाचार गर्नुहुन्छ’ भनेर बोलिने उनले बताए ।

उनले भने, ‘प्रधानन्यायाधीश भ्रष्टाचार गर्नुहुन्छ । अब बोल्दाखेरि यसरी बोल्ने हो । थाहा छ बोल्नुस् । थाहा छैन नबोल्नुस् । थाहा भएर पनि बोल्नुहुन्न, नबोल्नुस् । प्रधानन्यायाधीश शुद्ध छन् भन्ने लागे, भन्नुस् र मलाई विश्वस्त पार्नुस् ।’

प्रधानन्यायाधीश जबरा आर्थिक विचलनमा लिप्त भएको आरोप लगाउँदै उनले अहिले स्पष्ट भएको पनि बताए । साथै, अब अति भएपछि सबैले बोल्नुपर्ने अवस्था आएको थापाले भने ।

प्रधानन्यायाधीश जबराले करोडभन्दा मुनिका कुरै नगर्ने गरेको पनि वरिष्ठ अविक्ता थापाको आरोप छ । उनले प्रधानन्यायाधीशसँग बसेर कुन मुद्दामा भ्रष्टाचार भएको छ भनेर भन्नका लागि आफू तयार रहेको पनि बताए ।

प्रधानन्यायाधीश जबरापछि उनका भाइ प्रभु शमशेर जबराविरुद्ध पनि वरिष्ठ अधिवक्ता थापा खनिए । उनले रिट दर्ता गर्नुभन्दा अघि प्रभुले बार्गेनिङ गर्ने गरेको पनि आरोप लगाए ।

उनले भने, ‘उहाँको भाइ प्रभुशमशेर जबरा रिट दर्ता हुनुभन्दा पहिलेदेखि फोन गरेर ुतिमीलाई थुनाउ कि नथुनाउ ? भन्नुहुन्छ । हेर्दाहेर्दैको बेलामा पनि बार्गेनिङ ?’

न्यायाधीश र कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा मागे पनि राजीनामा नदिने बताउँदै अब संसदलाई नै प्रधानन्यायाधीश देऊ भन्दै गुहार माग्नुपर्ने दिन आएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV