२३ कार्तिक २०७८, मंगलवार

काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले जलवायु परिवर्तनबाट सिर्जित समस्याहरुलाई प्रभावकारी रुपमा उठान गरी तीनलाई समाधानको तहसम्म पु¥याउन यस क्षेत्रका संघसंस्था र विज्ञहरुको अध्ययन, अनुसन्धान र ज्ञानलाई सञ्चारकर्मीहरुले अनिवार्य रुपमा समेटनुपर्ने निष्कर्ष निकालेको छ ।

नेफेजले मंगलबार (आज) आयोजना गरेको एक कार्यक्रममा जलवायु परिवर्तन र यसले कृषि, जलविद्युत र बाढीपहिरोमा पारेको असरबारे सञ्चारकर्मीहरुलाई प्रदान गरेको लेखनवृत्ति अन्र्तगत प्रकाशित स्थलगत समाचारहरुको समीक्षात्मक कार्यक्रममा उपस्थित विज्ञ र संचारकर्मीहरुको छलफलबाट उक्त निष्कर्ष निस्किएको हो ।

नेफेजले इकोनोमिक पोलिसी इन्क्यूवेटर (इपीसी)सँग मिलेर ३ जना सञ्चारकर्मीलाई लेखनवृत्ति प्रदान गरेको थियो । कार्यक्रममा समाचार संकलनका लागि स्थलगत खटिएका सञ्चारकर्मी र तीन जना विज्ञहरुले प्रस्तुति दिएका थिए ।

कार्यक्रममा उपस्थित विज्ञहरुले सञ्चारकर्मी र पत्रकारहरुले नियमित रुपमा प्रकाशन तथा प्रसारण गरिरहेका समाचार, लेखहरुमा जलवायु परिवर्तन आधारभूत विज्ञानलाई समेटन आग्रह गरेका थिए । उनीहरुले जलवायु परिवर्तनको विज्ञान, अध्यनन, अनुसन्धान र प्रभावित समुदाय वा सरोकारवालाको अनुभव समेटिएमा त्यस्ता समाचार वा लेखहरु अझ बढी प्रभावकारी र विश्वसनीय हुने तर्क गरेका छन् ।

जलस्रोत वीज्ञ अजय दीक्षितले आम नागरिकलाई जलवायु परिवर्तनबारे सरल तरिकाले बुझाउने दायित्व संचारकर्मीहरुको रहेको उल्लेख गर्दै भने, ‘संचार माध्यमहरुले सूचना प्रदान गर्ने हो र ती सूचनालाई सरोकारवालाले ज्ञानको रुपमा विकास गर्नुपर्ने तर त्यो भएको छैन ।’

उनले यो मुद्दा नितान्त विज्ञानसँग जोडिएको उल्लेख गर्दै थप भने ‘सुक्ष्म अध्ययन र अनुसन्धानबाट आएको निष्कर्षहरुलाई समावेश गरियो भने मात्र ती सुचनाहरु प्रभावकारी र वास्तविक हुन्छन् ।’

अहिले आइरहेका सूचनाले जलवायु परिवर्तनबाट भइरहेको हानी–नोक्सानीहरुको पुष्टि गर्न निकै गाह्रो भएको दीक्षितको ठहर छ । उनले यस क्षेत्रमा पर्याप्त अनुसन्धान नभएको र भएका अध्ययन र तीनका निष्कर्ष वा विवरण संकलन गर्न पनि निकै गाह्रो भएको औल्याए । दीक्षितले हाइड्रोपावरसम्बन्धि लेखनवृत्ति प्रदान गरिएका नयाँ पत्रिकाका संवाददाता यम बमको सिन्धुपाल्चोकस्थित भैरवकुण्ड जलविद्युत आयोजना र यस क्षेत्रमा परेका असरबारे प्रकाशित समाचारको समीक्षा गरेका थिए ।

पहिरोवीज्ञ डा. रन्जनकुमार दाहालले तापक्रम, बर्षा र मौसमको भविष्यवाणीको सूचना सरोकारवाला निकायसम्म पु¥याउने जिम्मेवारी संचारकर्मीहरुको भएको जिकिर गर्दै भने, ‘समाचार र सूचना त आउँछन् तर तीनमा तथ्यगत विवरणको कमी हुन्छ । आरी घोप्टे वर्षा भयो भनिन्छ तर पानी कति मात्रामा पर्यो त्यो विवरण हुदैन ।’

नासाको अध्ययनलाई आधार बनाउदै उनले नेपालका हिमाली र पहाडी क्षेत्रहरुमा सन् २०६१ देखि २१०० बीचमा पहिरोको प्रलय हुनसक्ने चेतावनी दिए । उच्च हिमाली क्षेत्रमा ९० प्रतिशतसम्म पहिरोजन्य घटनाहरु हुनसक्ने, पूर्वको तुलनामा पश्चिम नेपालमा यस्ता गतिविधिहरु बढि हुने जानकारी दिए ।

विभिन्न अध्ययनलाई आधार मान्दै डा. दाहालले सिन्धुली, रामेछाप, ओखलढुंगा पहिरोको धेरै जोखिममा रहेको र बुटवल, अर्घाखाँची, प्यूठान, सूर्खेत, बर्दिया र कैलालीको उत्तरी भेग पनि जोखिममा रहेको औलाए । यसैगरी मुगु, जुम्ला, हुम्ला, दार्चुला, डोल्पा, मनाङ र मुस्ताङ पनि जोखिममा रहेको बताए ।

यसले उल्लेखित जिल्ला वा क्षेत्रमा बसोबास गरिरहेका आम नागरिको रहनसहन, संस्कृति र परम्परानै खल्बलिन सक्ने आँकलन गरे र्। हिजोआज हिमपात हुने हिमालहरुमा आगामी बर्षहरुमा पानी पर्न सक्छ । त्यहाँ पहिरो जानसक्छ । हामीलाई ज्ञान नभएको विपत्ति आउनसक्छ । यसले धेरै क्षति गर्न सक्छ, डा. दाहालले भने ।

LIVE TV