२३ कार्तिक २०७८, मंगलवार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ७३६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १४ हजार ९१८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ४३ जना र १ हजार ८१८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १० हजार २९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४८४ जना कोरोनामुक्त भए, १ को मृत्यु

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय ८४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९६ हजार ३०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १६ हजार ७३६ जनाको परीक्षण हुँदा हालसम्म कुल ५१ लाख ५३ हजार ०१३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेको छ ।

LIVE TV