२३ कार्तिक २०७८, मंगलवार

काठमाडौं । सरकारले बालबालिकाका लागि भनेर ६० लाख ९ सय मात्रा फाइजर खोप खरिदका लागि स्वीकृति दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ६० लाख ९ सय मात्रा फाइजर खोप खरिदका लागि स्वीकृति दिने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाइजर खोप खरिद गर्न गरेको प्रस्तावलाई सरकारले उक्त प्रस्ताव अघि बढाउन अनुमति दिएको हो । प्रस्तावमा १८ वर्षसम्मका बालबालिकाका लागि फाइजर खोप उपलब्ध गराउने भनिएको छ । यसअघि सरकारले गाभीको सहयोगमा १ लाख ६२० मात्रा फाइजर खोप प्रदान गरिसकेको छ ।

LIVE TV