२३ कार्तिक २०७८, मंगलवार
  • तारा आचार्य,

विराटनगर । मोरङ कारागारका चौकीदार किरण गुरुङ र नाइकेहरुले यातना दिएको भन्दै कैदीबन्दीहरुबीच आपसमा झडप हुँदा १४ जना घाइते भएका छन् ।

मंगलबार विहान भएको झडपमा ६ जनालाई घाउ चोट लागेको छ, भने ८ जना सामान्य घाइते भएका १ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक अरुण कुमार बीसीले जानकारी दिए ।

घाउचोट लागेका चौकीदार गुरुङसहित ६ जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ । कारागारभित्र झडप भएपछि स्थिति नियन्त्रणमा लिन धेरै संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

प्रहरीले देउसी विवादमा कैदीबन्दीहरु बीच झडप भएको बताएपनि कैदीबन्दीका आफन्तले भने चौकीदार विवादका कारण झडप भएको बताएका छन् । कारागारभित्रै पटक-पटक झडप हुने गरेकाले आफ्ना कैदी बन्दीलाई अन्यत्र सरुवा गरिदिन कैदी बन्दीका आफन्तले आग्रह गरेका छन् ।

तोकिए भन्दा धेरै संख्यामा कैदीबन्दी राखिएकाले पटक-पटक झडप हुने गरेको प्रहरीले जनाएको छ । कारागारभित्र हो–हल्ला भएपछि चौकीदारसहित १४ जनालाई बाहिर निकालेपछि अहिले मोरङ कारागारको स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।

सो कारागारमा ९ सय ७२ जना कैदीबन्दी रहेका छन्, जसमा ७२ जना महिलाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV