२३ कार्तिक २०७८, मंगलवार

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा ताला लगाउन गएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार एसोसिएसनमा ताला लगाउन जाने क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई एशोसिएसनको गेटबाटै पक्राउ गरेको थियो ।

अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बार आन्दोलित छ । तर, बारको आन्दोलन अपूर्ण भएको भन्दै अर्को समूहले सेतोपट्टी बाधेर बिरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV