२३ कार्तिक २०७८, मंगलवार

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिचौलियाका नाइके रहेको आरोप लगाएका छन् ।

मंगलबार एसोसियनको जारी आन्दोलनमा बोल्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराबाट जनताले न्याय पाउने सम्भावना नरहेको भन्दै उनलाई हटाउने आन्दोलनमा सहयोग गर्न आग्रह समेत गरे ।

आन्दोलनमा सहयोग गर्न आग्रह गर्दै उनले भने, ‘न्यायपालिकाको धरोहर उँचो राख्न हाम्रो आन्दोलन जारी छ । प्रधानन्यायाधीशको इजलासबाट न्याय पाउन सकिँदैन, उहाँ बिचौलियाका नाइके हुनुहुन्छ ।’

यस्तै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश जबराको गलत नियतका कारण न्यायालयको चीरहरण भएको भन्दै उनले राजीनामा दिनुपर्ने बताए । नभए महाभियोग लगाउनका लागि समेत पर्याप्त आधार तयार भइसकेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV