२३ कार्तिक २०७८, मंगलवार
  • महेश्वर के.सी.

काठमाडाैँ । सामाजिक अभियन्ता तारा बराल लगायतकाे समूहले नेपाल बार एसाेसिएन अगाडि प्रदर्शन गरेकाे छ । तर प्रर्दशनकारीलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

प्रदर्शनकारी बरालले नेपाल बारका अध्यक्ष तथा उपाध्यक्षलाई विदेशी एजेन्ट भएकाे अाराेप लगाइन् । ‘बारको गतिविधि देश र जनताको लागि हो ? कहिले देश र जनताका लागि यिनीहरुले गरेका छन् ?’ उनले भनिन्, ‘कहिले नचल्ने बारमा तलब भत्ता खुवाएर किन राख्ने ? ताल्चा लगाइदिने नि ।’

‘न्यायालयमा हड्ताल गर्नेलाई प्रहरीले दण्डित गर्नुपर्छ, नत्र हामी गर्छौं’ भन्दै बराल लगायतकाे समूह विराेध प्रदर्शनमा उत्रिएकाे थियाे । बारको काम आन्दोलन गर्ने हो ? भनेर उनले प्रश्न समेत गरेकी छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV