
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज बस्ने एमाले सुदूरपश्चि कमिटीको बैठक अवैध र अमान्य रहेको बताएका छन् ।
समाजिक सञ्जालमा स्टाटस लेख्दै रावलले आज हुने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक दश बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत भएको बताएका हुन् ।
उनले आज बस्ने भनिएको बैठक गुटबन्दीको नमूना भएको भन्दै यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य हुने बताएका छन् । साथै उनले अपानि १२ झापामा लागु हुने, सुदूरपश्चिममाम लागु नहुने किन ? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि ? भन्ने प्रश्न समेत गरेका छन् ।
आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ।यो गुटबन्दीको नमूना हो।यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्।अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि?
— Dr. Bhim Rawal (@BhimRawal179) November 9, 2021