२३ कार्तिक २०७८, मंगलवार

काठमाडौँ । सर्वोच्च अदालतको इजलाश तत्काल शुरू गर्न माग गर्दै कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई ज्ञापनपत्र बुझाउने भएका छन् ।

कानुन व्यवसायी हक हित संरक्षण तथा शुद्धीकरण अभियानले दिउँसो सवा २ वजे ज्ञापनपत्र बुझाउन लागेको हो ।

सर्वोच्च अदालतमा पुगेरै प्रधानन्यायाधीश राणालाई अदालतको इजलाश तत्काल सुचारू गरि जनतालाई न्याय प्रदान गर्न आग्रह गर्ने अभियानले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजिनामा माग्दै न्यायाधीशहरूले इजलासमा बस्न अस्विकार गरेपछि केहि दिन यता सर्वोच्च अदालतमा सेवा प्रभावित हुँदै आएको छ । सोमबार बन्दिप्रत्यक्षिकरणका केही रिट मात्र पेशी तोकिएको थियो ।

LIVE TV