२२ कार्तिक २०७८, सोमबार

रुपन्देही । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए अर्को संविधान बनाउने चेतावनी दिएका छन् ।

जसपा रूपन्देही क्षेत्र नम्बर–१ ले सोमबार रोहिणी ३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले अहिलेको संविधान संशोधन नभए जनताले अर्को संविधान बनाउने चेतावनी दिएका हुन् ।

अध्यक्ष यादवले संघीयता विरोधी कांग्रेस र कम्युनिस्ट मिलेर त्रुटिपूर्ण संविधान बनाएको भन्दै वर्तमान संविधानलाई सच्याउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।

संघीयता विरोधीले नै संविधान बनाएकाले संविधानको संशोधन अपरिहार्य रहेको बताए ।

‘कांग्रेस र कम्युनिष्ट मिलेर बनाएको संविधान त्रुटिपूर्ण रहेको भन्दै उनले यो संशोधन नभए जनताले अर्को संविधान बनाउँछन् चेतावनी दिएका हुन् ।

अहिलेको संविधान मुलुकको सातौँ संविधान भएको र संविधान संशोधनतर्फ अगाडि नबढे जनताले आठौँ संविधान बनाउने उनले दाबी गरे ।

LIVE TV