२२ कार्तिक २०७८, सोमबार

काठमाडौं । भक्तपुरका किसानहरुले यस वर्ष धानको उत्पादन न्यून भएको भन्दै समस्यामा परेको गुनासो गरेका छन् ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, जिल्ला कार्यसमिति भक्तपुरको आयोजना र चाँगु नारायण नगरपालिकाको सहआयोजनामा सोमबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका किसानहरुले चिनियाँ धान डीवाई २८, खुमल ८ लगाएतका धानको बिउ ल्याएर रोप्दा धानको उत्पादन न्यून भएको गुनासो गरेका हुन् ।

धान कै आन्दानीबाट वर्षभरि नै जीविकोपार्जन गर्नुपर्ने अवस्थामा धानबाट भुस मात्र आएपछि समस्यामा परेको उनीहरुको भनाइ छ । उनीहरुले सहकारी र बजारबाट ल्याएको डीवाई २८, खुमल ८ का बीउबाट उत्पादन नभएको बताएका छन् ।

हाइब्रिड धान लगाउँदा उत्पादन कम भएकाले अब सरोकारवालाले आफूहरुलाई राहत दिनुपर्ने उनीहरुले बताएका छन् । त्यस्तै चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रले कृषि प्राविधिकले सिफारिस गरेका र परम्परागत रुपमा ल्याएको बिउहरु अनुपात्दक भएको गुनासो आएको र नगरपालिकाले अध्ययन गरेर केही राहत दिने बताए ।

LIVE TV