२२ कार्तिक २०७८, सोमबार
  • साधन राम्जाली,

बेनी । सामूहिक बलात्कारको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई अलग–अलग ठाउँबाट पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरेका तीनै जनालाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । एक जनालाई रुपन्देही र दुई जनालाई पोखराबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए ।

एक्लै सुतिरहेकी महिलालाई उक्त युवकहरुले धम्क्याउँदै पालै–पालो बलात्कार गरेको भन्ने पीडितको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रनाउ राईले बताए । उजुरीपछि जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरी पीडकहरुको खोजी गरिएको थियो ।

सामूहिक ‘बलात्कार’को घटना थामथुम पार्न गाउँका केहीले पीडितका आफन्तहरुकै उपस्थितिमा आर्थिक लेनदेनमा मिलापत्रको प्रयास गरेको हल्लाले अनुसन्धानमा कुनै असर नगर्ने प्रहरीले जनाएको छ ।

अदालतमा सहमतिमै शारीरिक सम्बन्ध राखेको भनी बयान फेर्नका दबाब दिइएपनि जबर्जस्ती करणी भएको भनी दिएको जाहेरी र प्रहरीको अनुसन्धानका क्रममा पनि सोही बयान दोहोराएको प्रमाण र भौतिक परीक्षण प्रतिवेदनका आधारमा अदालतले बयान र कानूनलाई आधार मानेर फैसला गर्ने बताइएको छ ।

नेपालको मुलुकी अपराध संहितामा १८ वर्ष वा माथिका व्यक्ति बलात्कारमा १० देखि १२ वर्षसम्म कैद सजायका साथै सामूहिक बलात्कार पुष्टि भएमा थप ५ वर्ष सजायको कानूनी ब्यवस्था रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV