२२ कार्तिक २०७८, सोमबार

विराटनगर । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन बदरको फैसला सेटिङमा गरेको बताएका छन् ।

सोमबार कार्यकर्ता भेलालाई सम्बोधन गर्न विराटनगर पुगेका ओलीले संसद विघटन बदरको फैसला सेटिङमा भएको अहिले आएर पोल खोलाखोल भएको बताए ।

उनले भने, ‘न्यायाधीशज्यूहरू अहिले आफैं भन्दै हुनुहुनुहुन्छ । सेटिङ रहेछ उहाँहरूबीच । कसका कसलाई मन्त्री बनाइदिने, कसका कसलाई राजदूत बनाइदिने, कसलाई पदक र तक्मा दिने । यो त देखिएको कुरा भयो । नदेखिएको के–के लेनदेन भयो अझै खुल्न बाँकी छ ।’

LIVE TV