२२ कार्तिक २०७८, सोमबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा राणाको राजीनामा माग गरेर इजालास बहिष्कार गर्दै आएका ‘कालो पट्टि’ धारी ३ न्यायाधीशहरु इजलासमा फर्किएका छन् ।

सोमबार इजलासमा फर्किएका प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी र कुमार चुडालले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरेका छन् ।

प्रधानन्यायाधीश जबराले कात्तिक २२ गतेका लागि आफ्नो इजलास तोकेपछि असन्तुष्ट न्यायाधीशहरूले बन्दीको रिटमा समेत सुनुवाइ नगर्ने बताएका थिए ।

तर, सोमबार असन्तुष्ट समूहबाटै ३ न्यायाधीशहरू इजलास फर्किएर मुद्दा सुनुवाइमा सहभागी भएका छन् । सोमबार ६ वटा इजलास गठन भएकोमध्ये ३ वटा इजलासमा सुनुवाइ भएको छ ।

LIVE TV