२२ कार्तिक २०७८, सोमबार
  • महेश्वर के.सी.,

काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले ‘अखण्ड नेपाल हिन्दू अधिराज्य पुर्नस्थापना’को माग गर्दै काठमाडौंमा बृहत र्‍यालीको आयोजना गरेको छ । सोमबार (आज) मोर्चाको महिला केन्द्रीय समितिले काठमाडौंको माइतिघरमा बृहत र्याली तथा विरोध सभाको आयोजना गरेको हो ।

तत्कालीन राजा वीरेन्द्र शाह र दलहरूबीच भएको २०४७ सालको संविधानलाई टेकेर गरिएको पाँच बुँदे सम्झौता अक्षरशः पालन गर्न माग गर्दै मोर्चाले आन्दोलन गरेको हो ।

उनीहरुले न्यायालयभित्रको बेथिति, विसंगति, नेपाल बार एशोसिएशनले सुरु गरेको आन्दोलनको विरोध पनि गरेका छन् । देशको संकट, भ्रष्टाचारको विरुद्धमा आफूहरु आन्दोलित हुनुपरेको मोर्चाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV