२२ कार्तिक २०७८, सोमबार
  • महेश्वर के.सीं

काठमाडौं । अहिले न्यायाधीशहरु दुई भागमा विभाजित छन् । पहिलोः प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा राणाको राजीनामा माग्ने पक्ष (कालो पट्टि) र अर्काे प्रधानन्यायाधीश जबराको पक्ष (सेतो पट्टि) ।

अहिले यीनै पक्षका न्यायाधीश र कानुन व्यवसायीहरु पक्ष र विपक्षमा बाँडिएका छन् । सोमबार नेपाल बार एशोसिएसनको प्रांगणणमा सेतो पट्टिधारी कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको बचाउ गर्दै न्यायालयमा राजनीतिकरण अन्त्य हुनुपर्ने पूरानै माग दोहोर्याएका छन् ।

कानुन व्यवसायी महाअभियान तथा उन्नत लोकतन्त्र पार्टीका महासचिव कृष्ण प्रसाईंले न्यायालयमा राजनीनिक दलका कार्यकर्तालाई न्यायाधीश बनाउने प्रक्रिया अन्त हुनुपर्ने भन्दै यदि त्यसो नभए बारको अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यालयको ढोकामा टाइटन नामको ताल्चा लगाउने घोषणा गरे ।

कानुन व्यवसायी महाअभियान तथा उन्नत लोकतन्त्र पार्टीका महासचिव कृष्ण प्रसाईं

उनले भने, ‘पार्टीका कार्यकर्तालाई न्यायाधीश बनाउने प्रक्रिया, पद्धति गलत छ र यसबाट हामी बाहिर उम्कनुपर्छ । प्रहरीको आइजीपी, आर्मीको अफिसर हुन प्रतिस्पर्धाबाट माथि जान्छ त्यसैगरी सर्वाेच्च र जिल्ला अदालतका न्यायाधीशहरुलाई विस्तारै प्रतिपस्र्धाबाट बढुवा गर्नुपर्छ । नेपाल बारले गरेको आन्दोलन अपूर्ण छ । यसलाई भोलिदेखि पूर्ण बनाउन हामी जम्मा भएका छौँ । यो टाइटन नामको ताला हो । यो बारको अध्यक्षको कोठामा लाग्नेछ ।’

बारका अध्यक्ष श्रेष्ठसहितका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा नदिए आन्दोलनको स्वरुप नयाँ तरिकाले अघि बढाउने तयारी गरेका छन् ।

सोमबार आन्दोलन बढाउनेबारे छलफल हुनुअघि सेतो पट्टि बाँध्ने कानुन व्यवसायीहरुले बारको प्रांगणमा इजलास छाडेर आन्दोलनमा उत्रने न्यायाधीशविरुद्ध उत्रिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV